Thursday, March 1, 2018

Naash Dev Story Nagadesh ( नगदेश नासःद्यः सम्बन्धी लोक कथा )

नासःद्यः सम्बन्धी लोक कथा

धेरैजसो कलाकारितामा लागेका व्यक्तिहरूलाई थाहा भएको प्रचलित लोक कथा यस प्रकार छ। पाचपाण्डव मध्येका माइला भीमसेन नासःद्यः कहा संगीत  सिक्न गएछन्। संगीत शान्त दिमाग भएकाहरूले सिक्ने कला भएको भीमसेनलाई तिमी जस्तो लडाकूले संगीत  जस्तो गहन शान्त भएर सिक्ने शिक्षा भएकोले तिमीलाई सिकाउन सक्दिन भनी नासःद्यःले भन्दा पनि भीमसेनले जिद्दी गरेकोले केही नलागी नासःद्यःले संगीत  सिकाउन वाद्य भए।

एकपटक भीमसेनले गायन अभ्यास गरिरहदा एक धोवी आएर मेरो गधाको आवाज सुनेर यहाआएको हुँ खोर्इ मेरो गधा भनी भीमसेन सँग सोधनी गर्दा नासःद्यःले आफ्नो स्वाभाविक कमी कमजोरी नकेलाइकनै यस प्रकार संगीत  सिकाएको रहेछ भनी नासःद्यःसँग रिसाएछन् अब नासःद्यःलाई बाँकी राख्दिनँ भनी तम्सिए। नासःद्यः ले उक्त कुरा थाहा पाएपछि भाग्न थाले। भाग्दा भाग्दै एउटा सानो प्वालमा पसे। भीमसेन त्यो प्वालमा पस्न सकेन नासःद्यः विलिन भए। यस कारण नासःद्यः को कुनै मूर्ति नहुने नासःद्यःलाई प्वालका रूपमा पूजा गर्ने चलन चलेको कथन रहेको छ।

भक्तपुरमा प्रचलित एक प्रचलित कथन अनुसार नासःद्यः भाग्दा उनलाई बचाउन धर्ती फाट्यो नासःद्यः सानो भएर त्यही पस्यो। यस ठाउभक्तपुर दरवारको पश्चिम दक्षिण कोण हो भन्ने विश्वास गरिन्छ। यस ठाउबाट भित्र पसेका नासःद्यः नगदेश -(मध्यपुर नगरपालिका ) सिद्धि गणेश मन्दिर अगाडिबाट निस्के भन्ने विश्वास गरिन्छ। त्यसैले अन्यत्र नासःद्यः भित्तामा मात्र पाइन्छन् भने यी दुर्इ ठाउमा नासःद्यः जमिनमा रहेका छन्।

भक्तपुरमा नासःद्यः धर्ती भित्र रहन्छन्। धर्ती भन्नाले आमा जाति हुन्। त्यसैले पनि भक्तपुरका नारी जातिनासलं ल्यूअर्थात हिस्सी परेका हुन्छन्। तिनीहरूको बोली नवुझ्नेलाई पनि त्यो बोली मीठो लाग्दछ। अनि मुखमा हासो नलिई प्रायः बोल्नै जान्दैनन्।


नासःद्यः को तीन प्वालको अध्ययन गर्दा विभिन्न देवदेवीको स्थापना गरि नासःद्यःको पूजा गरि बुद्धि ज्ञान आर्जन गरि तिनीहरूको शक्ति प्राप्त गरि आफ्नो परिवार,समाज देशको रक्षा एवं हित गर्ने कार्यको प्रचलन रहेेको आदिवासीहरूको प्राचीन परम्पराबाट थाहा हुन्छ। धन्यवाद।