यो भक्तपुर सहरबाट पश्चिम भेगमा पर्ने नगदेशमा मनाउने बिस्केट जात्रा हो नगदेशमा सिद्धि गणेशको जात्रा हुन्छ।
नगदेश, मध्यपुर नगरपालिका वडा न:४५६ पर्ने ठाउँ हो अहिलेको समय वडा परिवर्तन हुदै बनेको वडा न ७ नगदेश बनेको छ।
संरक्षक देवताको रुपमा सिद्धि गणेशको तीनतल्ले मन्दिर वडा नं. 7 लाछिटोलमा रहेको छ भने सिद्धि गणेशको द्योःछें (देवघर) न्याःग टोलमा रहेको छ। नगदेशमा जात्रा सङ्केत चैत्र मसान्तको दिनबाट मिल्दछ। यसदिन साँझपख बिस्केट जात्रा आइसकेको सङ्केतस्वरुप नगदेशको लायकुबाट एकजना रकमीले दुईवटा हाँडी बोकेर नगर परिक्रमा गर्दछ एउटा हाँडीमा चामल र मकैको पिठो मिसाएको हुन्छ भने अर्को हाँडीमा तोरीको तेल हुन्छ। उक्त व्यक्ति नगर परिक्रमा गर्ने क्रममा ठूलो ठूलो स्वरमा क्वः माला चिकं माला भनी कराउँदै नगदेशबासीहरूलाई शुद्ध जलले छर्कदै गरेको हुन्छ। त्यसै राती नगदेशका प्रायः दाफा भजन गुठीहरू आ–आफ्नो परम्परागत बाजागाजाका साथ सिद्धि गणेश मन्दिर अगाडि भजनकिर्तन गर्न पुग्छन्। यसबेला देवतालाई मन्दिर बाहिर ल्याई खटमा राखिन्छ र मध्यरातमा देवताको अगाडि गुँसी छ्वयकेगु भनी धुनि बाल्ने चलन छ। यसैक्रममा मन्दिर सँगैको घण्टानेर एउटा घ्याम्पोमा जाँड राखी जसले पनि प्रसादको रुपमा ग्रहण गर्ने सकिन्छ। भजनकिर्तनमा गएका गुठीयारहरू त्यस रात त्यहीं बसी समयबज्जी खान्छन।
वैशाख १ गते राति करिव ९ बजे सुरु हुने यस जात्रालाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ । स्थानीय लाय्कुका प्रतिनिधिले सिद्धि गणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फूल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ । यस दिन खटलाई बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चा लगायतका ठाउँको परिक्रमा गराई पुखुसि सबै स्थान परिकर्मा गरेर नगदेशको लायकु पुगेर समापन गरिन्छ ।
त्यस्ते बैशाख २ गते ७ बजे को समय नगदेशको सबै टोल सिचु टोले बुद्ध बिहार छ्वासो,ध्वाक्सी ,त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चा त्यहाँ बाट बाहाखा बजार सिदिकाली चोक लगायतका ठाउँको परिक्रमा गराई पुखुसि सबै स्थान परिकर्मा गरेर नगदेश को न्यागाः ल्याएर समापन हुन्छ ।
Nagadesh Bisket Jatra Nagadesh,Bhaktapur(नगदेश बिस्केट जात्रा सिन्दूर जात्रा भक्तपुर )
Nagadesh Bisket Jatra Nagadesh,Bhaktapur 2074(नगदेश बिस्केट जात्रा सिन्दूर जात्रा भक्तपुर )