Tuesday, February 7, 2012

nagadesh mahakali nach

महाकाली नाच मध्यपुरको प्रशिद्ध नाच हो। यो नाच मध्यपुरको नगदेशमा संचालन हुन्छ। महाकाली नाच मल्ल काल देखि शुरु भएको अनुमान गरिएको छ। यो नाच भक्तपुरको महाकाली नाच भन्दा भिन्न खालको छ। यसमा सवै महाकाली गण एकै पटक नाच्ने देखि सवैको जोडी जोडी पनि नाच्ने गरिन्छ। जोडी नाच्ने वेलामा बाद्यवादनको तालमा विभिन्न मुद्रामा ख्याल ठट्टा गरि नाच्ने गरिन्छ। यसमा महाकाली – १, महालक्ष्मी – १, देवी – १, बेताल– ४, बाल मसान – २, कंकाल– २, ख्याक– २, बांदर– २, सिंह– १ आदी कलाकारहरु हुन्छन। साथै यसमा मयुर र ठुलो सिंह पनि छन भनिन्छ।

nagadesh pulu kishi nach



नगदेशको पुलुकिसी जात्रा ( वडा नं. ४,५ र ६) : – यो जात्रा माघ महिनाको द्धादसीको दिनमा हुन्छ। नवराजको कथामा आधारित भनिने यो जात्रा राजकुमार हुन ईच्छुक युवकले करिव १ महिना अगाडी देखि घोषणा गरी राख्नु पर्छ। ईच्छुक व्यक्तीहरु माघे स्नानको आयोजना गरी दैनिक विहान विष्णुतिर्थमा स्नान गरी माघमाधव गाई नगरपरिक्रमा गरिन्छ। द्धादसीको दिन पानी थाप्ते र खन्याउने युवक र युवतीहरु नारायणको व्रत बसी युवतीहरु पानी जम्मा पार्ने र युवकहरु प्वाल भएको कलशमा छवाली वाहिरवाट घुसाएर सजाउने गरिन्छ। परम्परागत भेषभुषामा सजिएर नारायणको अवतारको रुपमा कलश वोकेर आउने युवकहरुलाई पानी खन्याउन मञ्च तयार गरी वस्छन। युवकहरु जिउमा धोती मात्र लगाई छवाली घुसाई सजाईएका कलश वोकी लाछी टोल स्थित गणेशको पुजा गरि पानी थाप्दै नगर परिक्रमा गरिन्छ। युवकले पानी थापेर बसेसम्म युवतीहरुले पानी खन्याई रहनु पर्दछ भनिन्छ।

सांझ झिमिक्क भएपछि हाती चढने राजकुमार आफ्नो घरवाट ढाल, तरवार भिडी बाजाको तालमा गणेश स्थान सम्म हिडेर गणेशको पूजा गरी हात्ती माथी विधि पुर्वक चढी हजारौं दर्शकहरुको बीचमा बाजाको तालमा अभिनयय गरिन्छ। अधिराज्यमै विरलै पाईने यो जात्रामा हात्तीमा चढेका राजकुमार बडो प्रफुल्ल मुद्रामा तलवार नचाउदै जुँगा मुसार्दै दर्शकहरु तर्फ हेरी आंखा झिम्काउंदै अगाडी वढ्छन। हात्तीको अगाडी परम्परागत पहिरनमा कोदालो लिई मुकुण्डो लाएका बाटो सफा गर्ने एक जना कूचो लिई वढार्ने एक जना लालटिन लिई बाटो देखाउने एक जना लाग्छन। हात्ती चढेका राजकुमार नगदेशको परिक्रमा गरी नायढोकाको नारायणस्थान पुगे पछि जात्रा सकिन्छ। हात्तीवाट ओर्ली नारायणको दर्शन गरी बाजाको तालमा हिडी गणेश स्थानमा गणेशको दर्शन गरि घर भित्रिन्छन।

Wednesday, February 1, 2012

पुल बनाउने बिषयको विवादमा नगदेश ५ र काठमाडौंको गोठाटार ६ हरहर महादेव मनोहरा खोलामा भएको झडप

पुल बनाउने बिषयको विवादमा  नगदेश ५ र काठमाडौंको गोठाटार ६ हरहर महादेव मनोहरा खोलामा भएको झडप को दृश्य

दुई गाउँको झगडा पुल निर्माणमा को तगडा?







दुई गाउँको झगडा पुल निर्माणमा को तगडा ?खोला फर्काउने विषयमा मध्यपुर र गोठाटार बासिन्दाबीच शनिबार विवाद भएको हो। मध्यपुरठिमी ५ नगदेश र काठमाडौंको गोठाटार ६ हरहर महादेव मनोहरा खोलामा पुल हाल्न खोला फर्काउने विषयमा विवाद हुँदा झडप समेत भएको हो ।


झडपमा ढुंगा हानाहान हुँदा प्रहरीहरू पनी घाइते भएका थीए । नगदेशका बासिन्दाले अहिले बगिरहेको खोलामा पुल बनाउनुपर्ने र गोठाटारकाले २१ सालको नापीमा जहाँबाट खोला बग्थ्यो, त्यहीँ पुल बनाउनुपर्ने अडान राखेका छन् ।


दुवै बस्तीका बासिन्दाको अडान कायम रहेकै बेला शनिबार गोठाटारबासिन्दाले डोजर ल्याएर खोला फर्काउन थाले पनि झडप भएको हो । भिड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । ब्यान्ड बाजासहित उपस्थित गोठाटारका बासिन्दाले जबरजस्ती डोजर लगाएर खोला फर्काउन लागेका थिए ।

डोजर लगाउनु उचित नहुने भन्दै विरोध गरेपछि गोठाटारका बासिन्दाले मध्यपुर ठिमी नगदेशका पूर्व वडा अध्यक्ष कृष्णबहादुर घजूलाई हिलोमा पछारेका थिए । त्यसपछि नगदेशका बासिन्दाले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । ‘भूमाफियाले खोलाको जग्गा किनेपछि २१ सालको नापी अनुसार भन्दै जबरजस्ती खोला फर्काउन खोजेका हुन्,’ घोजूले भने, ‘सरकारले अहिले बगेकै खोलामा पुल बनाउने भनेर माटो परीक्षण समेत गरिसकेको छ ।’ खोला फर्काउन लागेको स्थानमा नगदेशबासिको चिहान र पाटी समेत रहेको छ ।

Thursday, January 26, 2012

sidhi ganesh jatra nagadesh 2067,/66/,68 ko pics

nagadesh bisket jatra 2068

नगदेश बिस्केट जात्रा २०६७ ,न्याग्चा (नगदेश) (१ बर्ष पहिले )








बिस्केट जात्रा नगदेश (गार्चा)
                                                                                                 

                        






















२ बर्ष पहिले नगदेश बिस्केट जात्रा




नगदेश बिस्केट जात्रा (सिद्धीकाली) नगदेश 








Wednesday, January 25, 2012

sidhi ganesh jatra nagadesh 2068

                                                                    नगदेश बिस्केट जात्रा २०६८ (सिदिकाली मा लग्दै)





                                                             नगदेश बिस्केट जात्र २०६८ (ध्वक्सी, नगदेश )