Friday, April 5, 2019

Full Area Map Of Nagadesh (Naagdesh) Madhyapur Thimi Municipality word no:7 Nagadesh,Bhaktapur नगदेश (नागदेश ) को पुरा नक्शा नगदेश मध्यपुर नगरपालिका वडा न : ७ नगदेश, भक्तपुर

     Full Area Map Of Nagadesh (Naagdesh) Madhyapur Thimi Municipality word no:7 Nagadesh,Bhaktapur
 नगदेश (नागदेश ) को पुरा नक्शा नगदेश मध्यपुर नगरपालिका वडा न : ७ नगदेश, भक्तपुर                     
  नगदेश ठाउँको पुरा नक्शा 
स्थान : नगदेश मध्यपुर नगरपालिका भक्तपुर 

 Full Map of Nagadesh नगदेश ठाउँको पुरा नक्शा
Full Map of Nagadesh  नगदेश ठाउँको पुरा नक्शा 

Thursday, March 1, 2018

Naash Dev Story Nagadesh ( नगदेश नासःद्यः सम्बन्धी लोक कथा )

नासःद्यः सम्बन्धी लोक कथा

धेरैजसो कलाकारितामा लागेका व्यक्तिहरूलाई थाहा भएको प्रचलित लोक कथा यस प्रकार छ। पाचपाण्डव मध्येका माइला भीमसेन नासःद्यः कहा संगीत  सिक्न गएछन्। संगीत शान्त दिमाग भएकाहरूले सिक्ने कला भएको भीमसेनलाई तिमी जस्तो लडाकूले संगीत  जस्तो गहन शान्त भएर सिक्ने शिक्षा भएकोले तिमीलाई सिकाउन सक्दिन भनी नासःद्यःले भन्दा पनि भीमसेनले जिद्दी गरेकोले केही नलागी नासःद्यःले संगीत  सिकाउन वाद्य भए।

एकपटक भीमसेनले गायन अभ्यास गरिरहदा एक धोवी आएर मेरो गधाको आवाज सुनेर यहाआएको हुँ खोर्इ मेरो गधा भनी भीमसेन सँग सोधनी गर्दा नासःद्यःले आफ्नो स्वाभाविक कमी कमजोरी नकेलाइकनै यस प्रकार संगीत  सिकाएको रहेछ भनी नासःद्यःसँग रिसाएछन् अब नासःद्यःलाई बाँकी राख्दिनँ भनी तम्सिए। नासःद्यः ले उक्त कुरा थाहा पाएपछि भाग्न थाले। भाग्दा भाग्दै एउटा सानो प्वालमा पसे। भीमसेन त्यो प्वालमा पस्न सकेन नासःद्यः विलिन भए। यस कारण नासःद्यः को कुनै मूर्ति नहुने नासःद्यःलाई प्वालका रूपमा पूजा गर्ने चलन चलेको कथन रहेको छ।

भक्तपुरमा प्रचलित एक प्रचलित कथन अनुसार नासःद्यः भाग्दा उनलाई बचाउन धर्ती फाट्यो नासःद्यः सानो भएर त्यही पस्यो। यस ठाउभक्तपुर दरवारको पश्चिम दक्षिण कोण हो भन्ने विश्वास गरिन्छ। यस ठाउबाट भित्र पसेका नासःद्यः नगदेश -(मध्यपुर नगरपालिका ) सिद्धि गणेश मन्दिर अगाडिबाट निस्के भन्ने विश्वास गरिन्छ। त्यसैले अन्यत्र नासःद्यः भित्तामा मात्र पाइन्छन् भने यी दुर्इ ठाउमा नासःद्यः जमिनमा रहेका छन्।

भक्तपुरमा नासःद्यः धर्ती भित्र रहन्छन्। धर्ती भन्नाले आमा जाति हुन्। त्यसैले पनि भक्तपुरका नारी जातिनासलं ल्यूअर्थात हिस्सी परेका हुन्छन्। तिनीहरूको बोली नवुझ्नेलाई पनि त्यो बोली मीठो लाग्दछ। अनि मुखमा हासो नलिई प्रायः बोल्नै जान्दैनन्।


नासःद्यः को तीन प्वालको अध्ययन गर्दा विभिन्न देवदेवीको स्थापना गरि नासःद्यःको पूजा गरि बुद्धि ज्ञान आर्जन गरि तिनीहरूको शक्ति प्राप्त गरि आफ्नो परिवार,समाज देशको रक्षा एवं हित गर्ने कार्यको प्रचलन रहेेको आदिवासीहरूको प्राचीन परम्पराबाट थाहा हुन्छ। धन्यवाद।

Monday, May 1, 2017

नगदेश बिस्केट जात्रा भक्तपुर Nagadesh Bisket Jatra Nagadesh,Bhaktapur

यो  भक्तपुर सहरबाट पश्चिम भेगमा पर्ने नगदेशमा मनाउने बिस्केट जात्रा हो नगदेशमा सिद्धि गणेशको जात्रा हुन्छ।
नगदेश, मध्यपुर नगरपालिका  वडा  न:४५६  पर्ने ठाउँ हो अहिलेको समय वडा  परिवर्तन हुदै बनेको वडा न ७ नगदेश बनेको छ।

संरक्षक देवताको रुपमा सिद्धि गणेशको  तीनतल्ले मन्दिर वडा नं. 7 लाछिटोलमा रहेको छ भने सिद्धि गणेशको द्योःछें (देवघर)  न्याःग टोलमा रहेको छ।  नगदेशमा जात्रा सङ्केत चैत्र मसान्तको दिनबाट मिल्दछ। यसदिन साँझपख बिस्केट जात्रा आइसकेको सङ्केतस्वरुप नगदेशको लायकुबाट एकजना रकमीले दुईवटा हाँडी बोकेर नगर परिक्रमा गर्दछ एउटा हाँडीमा चामल र मकैको पिठो मिसाएको हुन्छ भने अर्को हाँडीमा तोरीको तेल हुन्छ। उक्त व्यक्ति नगर परिक्रमा गर्ने क्रममा ठूलो ठूलो स्वरमा क्वः माला चिकं माला भनी कराउँदै नगदेशबासीहरूलाई शुद्ध जलले छर्कदै गरेको हुन्छ। त्यसै राती नगदेशका प्रायः दाफा भजन गुठीहरू आ–आफ्नो परम्परागत बाजागाजाका साथ सिद्धि गणेश मन्दिर अगाडि भजनकिर्तन गर्न पुग्छन्। यसबेला देवतालाई मन्दिर बाहिर ल्याई खटमा राखिन्छ र मध्यरातमा देवताको अगाडि गुँसी छ्वयकेगु भनी धुनि बाल्ने चलन छ। यसैक्रममा मन्दिर सँगैको घण्टानेर एउटा घ्याम्पोमा जाँड राखी जसले पनि प्रसादको रुपमा ग्रहण गर्ने सकिन्छ। भजनकिर्तनमा गएका गुठीयारहरू त्यस रात त्यहीं बसी समयबज्जी खान्छन।


      वैशाख १ गते राति करिव ९ बजे सुरु हुने यस जात्रालाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ । स्थानीय लाय्कुका प्रतिनिधिले सिद्धि गणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फूल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ । यस दिन खटलाई बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चा लगायतका ठाउँको परिक्रमा गराई पुखुसि सबै स्थान परिकर्मा  गरेर नगदेशको लायकु पुगेर समापन गरिन्छ ।

       त्यस्ते बैशाख २ गते ७ बजे को समय  नगदेशको सबै टोल  सिचु टोले बुद्ध बिहार छ्वासो,ध्वाक्सी ,त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चा त्यहाँ बाट बाहाखा बजार सिदिकाली  चोक  लगायतका ठाउँको परिक्रमा गराई पुखुसि सबै स्थान परिकर्मा  गरेर नगदेश को न्यागाः ल्याएर समापन हुन्छ ।




Nagadesh Bisket Jatra Nagadesh,Bhaktapur(नगदेश बिस्केट जात्रा सिन्दूर जात्रा भक्तपुर )



Nagadesh Bisket Jatra Nagadesh,Bhaktapur 2074(नगदेश बिस्केट जात्रा सिन्दूर जात्रा भक्तपुर )

Tuesday, February 7, 2012

nagadesh mahakali nach

महाकाली नाच मध्यपुरको प्रशिद्ध नाच हो। यो नाच मध्यपुरको नगदेशमा संचालन हुन्छ। महाकाली नाच मल्ल काल देखि शुरु भएको अनुमान गरिएको छ। यो नाच भक्तपुरको महाकाली नाच भन्दा भिन्न खालको छ। यसमा सवै महाकाली गण एकै पटक नाच्ने देखि सवैको जोडी जोडी पनि नाच्ने गरिन्छ। जोडी नाच्ने वेलामा बाद्यवादनको तालमा विभिन्न मुद्रामा ख्याल ठट्टा गरि नाच्ने गरिन्छ। यसमा महाकाली – १, महालक्ष्मी – १, देवी – १, बेताल– ४, बाल मसान – २, कंकाल– २, ख्याक– २, बांदर– २, सिंह– १ आदी कलाकारहरु हुन्छन। साथै यसमा मयुर र ठुलो सिंह पनि छन भनिन्छ।

nagadesh pulu kishi nach



नगदेशको पुलुकिसी जात्रा ( वडा नं. ४,५ र ६) : – यो जात्रा माघ महिनाको द्धादसीको दिनमा हुन्छ। नवराजको कथामा आधारित भनिने यो जात्रा राजकुमार हुन ईच्छुक युवकले करिव १ महिना अगाडी देखि घोषणा गरी राख्नु पर्छ। ईच्छुक व्यक्तीहरु माघे स्नानको आयोजना गरी दैनिक विहान विष्णुतिर्थमा स्नान गरी माघमाधव गाई नगरपरिक्रमा गरिन्छ। द्धादसीको दिन पानी थाप्ते र खन्याउने युवक र युवतीहरु नारायणको व्रत बसी युवतीहरु पानी जम्मा पार्ने र युवकहरु प्वाल भएको कलशमा छवाली वाहिरवाट घुसाएर सजाउने गरिन्छ। परम्परागत भेषभुषामा सजिएर नारायणको अवतारको रुपमा कलश वोकेर आउने युवकहरुलाई पानी खन्याउन मञ्च तयार गरी वस्छन। युवकहरु जिउमा धोती मात्र लगाई छवाली घुसाई सजाईएका कलश वोकी लाछी टोल स्थित गणेशको पुजा गरि पानी थाप्दै नगर परिक्रमा गरिन्छ। युवकले पानी थापेर बसेसम्म युवतीहरुले पानी खन्याई रहनु पर्दछ भनिन्छ।

सांझ झिमिक्क भएपछि हाती चढने राजकुमार आफ्नो घरवाट ढाल, तरवार भिडी बाजाको तालमा गणेश स्थान सम्म हिडेर गणेशको पूजा गरी हात्ती माथी विधि पुर्वक चढी हजारौं दर्शकहरुको बीचमा बाजाको तालमा अभिनयय गरिन्छ। अधिराज्यमै विरलै पाईने यो जात्रामा हात्तीमा चढेका राजकुमार बडो प्रफुल्ल मुद्रामा तलवार नचाउदै जुँगा मुसार्दै दर्शकहरु तर्फ हेरी आंखा झिम्काउंदै अगाडी वढ्छन। हात्तीको अगाडी परम्परागत पहिरनमा कोदालो लिई मुकुण्डो लाएका बाटो सफा गर्ने एक जना कूचो लिई वढार्ने एक जना लालटिन लिई बाटो देखाउने एक जना लाग्छन। हात्ती चढेका राजकुमार नगदेशको परिक्रमा गरी नायढोकाको नारायणस्थान पुगे पछि जात्रा सकिन्छ। हात्तीवाट ओर्ली नारायणको दर्शन गरी बाजाको तालमा हिडी गणेश स्थानमा गणेशको दर्शन गरि घर भित्रिन्छन।

Wednesday, February 1, 2012

पुल बनाउने बिषयको विवादमा नगदेश ५ र काठमाडौंको गोठाटार ६ हरहर महादेव मनोहरा खोलामा भएको झडप

पुल बनाउने बिषयको विवादमा  नगदेश ५ र काठमाडौंको गोठाटार ६ हरहर महादेव मनोहरा खोलामा भएको झडप को दृश्य

दुई गाउँको झगडा पुल निर्माणमा को तगडा?







दुई गाउँको झगडा पुल निर्माणमा को तगडा ?खोला फर्काउने विषयमा मध्यपुर र गोठाटार बासिन्दाबीच शनिबार विवाद भएको हो। मध्यपुरठिमी ५ नगदेश र काठमाडौंको गोठाटार ६ हरहर महादेव मनोहरा खोलामा पुल हाल्न खोला फर्काउने विषयमा विवाद हुँदा झडप समेत भएको हो ।


झडपमा ढुंगा हानाहान हुँदा प्रहरीहरू पनी घाइते भएका थीए । नगदेशका बासिन्दाले अहिले बगिरहेको खोलामा पुल बनाउनुपर्ने र गोठाटारकाले २१ सालको नापीमा जहाँबाट खोला बग्थ्यो, त्यहीँ पुल बनाउनुपर्ने अडान राखेका छन् ।


दुवै बस्तीका बासिन्दाको अडान कायम रहेकै बेला शनिबार गोठाटारबासिन्दाले डोजर ल्याएर खोला फर्काउन थाले पनि झडप भएको हो । भिड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । ब्यान्ड बाजासहित उपस्थित गोठाटारका बासिन्दाले जबरजस्ती डोजर लगाएर खोला फर्काउन लागेका थिए ।

डोजर लगाउनु उचित नहुने भन्दै विरोध गरेपछि गोठाटारका बासिन्दाले मध्यपुर ठिमी नगदेशका पूर्व वडा अध्यक्ष कृष्णबहादुर घजूलाई हिलोमा पछारेका थिए । त्यसपछि नगदेशका बासिन्दाले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । ‘भूमाफियाले खोलाको जग्गा किनेपछि २१ सालको नापी अनुसार भन्दै जबरजस्ती खोला फर्काउन खोजेका हुन्,’ घोजूले भने, ‘सरकारले अहिले बगेकै खोलामा पुल बनाउने भनेर माटो परीक्षण समेत गरिसकेको छ ।’ खोला फर्काउन लागेको स्थानमा नगदेशबासिको चिहान र पाटी समेत रहेको छ ।

Thursday, January 26, 2012

sidhi ganesh jatra nagadesh 2067,/66/,68 ko pics

nagadesh bisket jatra 2068

नगदेश बिस्केट जात्रा २०६७ ,न्याग्चा (नगदेश) (१ बर्ष पहिले )








बिस्केट जात्रा नगदेश (गार्चा)
                                                                                                 

                        






















२ बर्ष पहिले नगदेश बिस्केट जात्रा




नगदेश बिस्केट जात्रा (सिद्धीकाली) नगदेश